Section 39
घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिने
(१) कसैले भन्सार महसुल छली वा चोरी पैठारी गरी ल्याएको मालवस्तु कुनै घर, भवन, गोदाम वा अन्य कुनै पनि ठाउँमा लुकाएको वा राखेको छ भन्ने विश्वास वा शङ्का गर्नुपर्ने मनासिब कारण भएमा महानिर्देशकले वा सम्बन्धित भन्सार अधिकृतले कारण सहितको निर्णय गरी त्यस्तो घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिन वा लिन लगाउन आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम आदेश पाउने कर्मचारीले त्यस्तो घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिनु अघि सो घर, भवन, गोदाम वा ठाउँको धनी वा सो घर, भवन, गोदाम वा ठाउँमा तत्काल बसोबास गरिरहेका व्यक्तिलाई त्यसरी खानतलासी लिनु परेको कारण समेत खोली सूचना दिनु पर्नेछ । त्यस्तो धनी वा व्यक्तिले त्यस्तो “सूचना बुझ्न नमानेमा सो सूचनाको एक प्रति त्यस्तो घर, भवन, गोदाम वा ठाउँको सबैले देख्रे स्थानमा टाँसी दिनु पर्नेछ र त्यसरी सूचना टाँस भएपछि सम्बन्धित धनी वा व्यक्तिले खानतलासीको _ सूचना रीतपूर्वक पाएको मानिनेछ ।

(३) उपदफा (२) बमोजिम सम्बन्धित धनी वा व्यक्तिलाई सूचना दिएपछि निजले खानतलासी लिन खटिएका कर्मचारीलाई त्यस्तो घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिन दिनु पर्नेछ ।

(४) उपदफा. (२) र (३) बमोजिम खानतलासी लिन कुनै व्यक्तिले बाधा बिरोध गरेमा खानतलासी लिन खटिएका कर्मचारीले खानतलासी लिनुपर्ने घर, भवन, गोदाम वा अन्य कुनै ठाउँमा बसिरहेका व्यक्तिलाई हट्ने सूचना र मौका दिनु पर्नेछ । यसरी हट्ने सूचना र मौका दिँदा दिँदै पनि निजहरु नहटेमा त्यस्तो कर्मचारीले सुरक्षा निकायको सहयोगमा आवश्यक बल समेत प्रयोग गरी खानतलासी लिनुपर्ने घर, भवन, गोदाम वा ठाउँको बाहिरी वा भित्री ढोका, भायाल वा छेस्कीनी खोली वा फोरी सूर्योदय देखि सूर्यास्तभित्र कुनै पनि समयमा खानतलासी लिन सक्नेछ ।

(५) यस दफा बमोजिम खान तलासी लिँदा खान तलासी लिने कर्मचारीले उपलब्ध भएसम्म सम्बन्धित "गाउँपालिका वा

केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित । नगरपालिकाको वडा अध्यक्ष वा वडा सदस्य वा कुनै कार्यालयको कर्मचारी वा घर धनी वा निजको प्रतिनिधि वा सोह्र वर्ष उमेर पुगेको कुनै व्यक्तिलाई साक्षी राखी तलासी लिनु पर्नेछ । त्यस्तो साक्षी बस्ने मानिस फेला नपरेमा वा निजले साक्षी बस्न इन्कार गरेमा सोही व्यहोराको कैफियत जनाई तलासी लिने कर्मचारीले सहीछाप गर्नु पर्नेछ ।

(६) यस दफा बमोजिम खानतलासी लिँदा भन्सार छली वा चोरी पैठारी गरी ल्याएका मालवस्तु बरामद भएमा त्यसरी खानतलासी लिने कर्मचारीले त्यस्ता मालवस्तु आफ्नो कब्जामा लिई त्यस्ता मालवस्तुको विवरण खोलिएको फेहरिस्त तयार गरी सोको एक प्रति खानतलासी लिएको घर, भवन, गोदाम वा सो ठाउँको सम्बन्धित व्यक्तिलाई तत्काल बुझाइदिनु पर्नेछ । सम्बन्धित व्यक्तिले बुझ्न नमानेमा वा बुझाउन नसकिएमा दुईजना साक्षीको रोहवरमा मुचुल्का गरी टाँस गर्नु पर्नेछ । यसरी टाँस गरिएकोमा सम्बन्धित व्यक्तिलाई बुझाए सरह मानिनेछ ।

(७) उपदफा (६) बमोजिमका मालवस्तु तथा फेहरिस्त त्यस्तो कर्मचारीले सम्बन्धित भन्सार अधिकृत समक्ष दाखिला गर्नु पर्नेछ र त्यसरी दाखिला भएपछि भन्सार अधिकृतले यस ऐन बमोजिम कारबाही गर्नेछ ।